FAQs Complain Problems

सूचना तथा समाचार

हार्दिक अपिल

विश्वव्यापी रुपमा आक्रान्त पारेको कोरोना भाइरस COVID-19 का कारण हामी नेपालीहरुलाई पनि त्यति कै चिन्तित तुल्याएको छ । हाल लगातार २०७६ चैत्र १० गतेबाट भएको लकडाउनका कारण दिन दैनिक रुपमा ज्यालादारी गरेर खाने र असहाय असक्त र विपन्नहरुलाई विहान वेलुका खाना खाने समस्या भएको हुँदा यस राप्ती नगरपालिकाले विपन्न ज्यालादारी गर्ने असहाय असक्तहरुको लागि विपत कोषको रकमलाई कोरोना भाइरस COVID-19  आपतकालिन कोषमा परिणत गरि राहत वितरण गर्ने व्यवस्था मिलाएको छ । नगरपालिकाले राहतलाई एकद्धार प्रणालीद्धारा वितरण गरिनेछ । यस आपतकालिन अवस्थामा सहयोग गर्न चाहनुहुने महानुभावहरुलाई यदी कुनै जिन्सी खाधान्न सामग्री दिन चाहानु भएमा कोराना भाइरस आपतकालिन राहत संकलन उपसमिति राप्ती नगरपालिकामा र नगद जम्मा गर्न चाहानु भएमा विपत व्यवस्थापन कोष खाता एन आइ सी एसिया बैंकको खाता नं. ०९८४१५००१९४४१०१० जम्मा गर्नुहुन अनुरोध गर्दै राप्ती नगरपालिका स्थानीय सरकारले गर्न लागेको एकद्धारा प्रणाली र सवै विपन्न समुदायलाई उपलब्ध गराउन लागेको राहत प्याकेज वितरणमा आ-आफ्नो ठाउँबाट सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.