सूचना
राप्ती नगरपालिका वडा नं ७ मा रहेको जनआर्दश बहुमुखि क्याम्पसको स्वामित्वको बिषयमा राप्ती नगरपालिकासंग छलफल
राप्ती नगरपालिका वडा नं ७ मा रहेको जनआर्दश बहुमुखि क्याम्पसको स्वामित्वको बिषयमा राप्ती नगरपालिकासंग छलफल भएको छ । नगर प्रमुख शमशेर लामाको अध्यक्षतामा भएको छलफलमा नगर उपप्रमुख देवेन्द्र लामा, वडा नं ५ का अध्यक्ष सिताराम वल, वडा नं ७ का अध्यक्ष सुमिता डल्लाकोटी, क्याम्पस सञ्चालक समिति अध्यक्ष गोविन्द कडेलको नेतृत्वमा पदाधिकारि र कर्मचारी सहितको समुहले छलफल गरेको हो । बैठकमा नगर शिक्षा समिति, नेकपा एमाले नगर अध्यक्ष पुर्ण प्रसाद थापा, माओवादी केन्द्र नगर अध्यक्ष रामचन्द्र पाठक, शिक्षा अधिकृत रविना देउजा , पत्रकार लगायतकाको उपस्थितिमा छलफल भएको हो ।
तस्विर : नगर प्रमुखको सचिवालय
मिति : भाद्र १३, २०८१