Home » योजनाको खर्च फर्छ्यौट गर्दा आवश्यक प्रक्रियाहरु के के छन?
योजनाको खर्च फर्छ्यौट गर्दा आवश्यक प्रक्रियाहरु के के छन?
Submitted on: Wed, 07/03/2019 - 14:04
आम्दानी खर्च तालिका सहित निर्माण समितिले अनुमोदन गरि सार्वजनिक गरेको निर्णय ।
आम्दानी खर्चलाई समर्थन गरि भुक्तानीको लागि राप्ती नगरपालिकालाई अनुरोध गरेको निर्णय ।
योजनामा भएको मुख्य खर्चको विल वडा अध्यक्ष ज्यूले दस्तखत सहितको भरपाइ डोरहाजिर फारम आदी ।
योजनाको निर्माण कार्य भैरहेको र सम्पन्न पश्चातको फोटो ।
रकम भुक्तानीको लागि वडाको सिफारिस पत्र ।
५ लाख वा सो भन्दा बढी रकमको योजनामा सार्वजनिक सुनुवाइको उपस्थिति फोटो तथा विवरण।
सर्वसाधरण सवैलाई योजनाको विषय जानकारी गराउने उदेश्यले सवै योजनाको निर्माण सम्बन्धी लागत इष्टिमेट, समिति, अवधी आदी विषयको बोर्ड अनिवार्य रहेकोले सो को प्रमाण।
राप्ती नगरपालका कार्यालयले तयार गरेको योजना अनुगमन समितीको प्रतिवेदन फारम ।
प्रत्येक योजनाको निर्माण सम्पन्न पश्चात नगरपालिकामा पेश गर्ने, फोटोमा अनिवार्य रुपमा वडाको जनप्रतिनिधि समेतको उपस्थिति रहेको फोटो ।
अनुसूची-१२ कार्यविधि दफा २५ को उपदफा १४ सँग सम्बन्धित खर्च सार्वजनिक सुचना फारम ।
अनुसूचि ३३ कार्यविधिको दफा ४२(३) सँग सम्बन्धित सार्वजनिक परिक्षणका लागि उपभोक्ता समिति/सामुदायिक संस्थाले तयार गर्ने विवरणको ढाँचा ।