सूचना
पुर्व पश्चिम राजमार्ग स्तरउन्नती आयोजना अन्र्तगत पथलैया, हेटौडा, नारायणगढ (१०० कि.मि) सडकको स्तरउन्नती र वातावरणिय प्रभाव मुल्याङ्गकनको बिषयमा सुझाव संकलन
सुझाव संकलन : पुर्व पश्चिम राजमार्ग स्तरउन्नती आयोजना अन्र्तगत पथलैया, हेटौडा, नारायणगढ (१०० कि.मि) सडकको स्तरउन्नती र वातावरणिय प्रभाव मुल्याङ्गकनको बिषयमा सुझाव संकलन भएको छ । राप्तीका नगर प्रमुख श्री शमशेर लामा ज्यूको अध्यक्षतामा बसेको बैठकमा वडा नं ३ का अध्यक्ष शिकान्त ओलि, वडा नं ५ का अध्यक्ष सिताराम वल, वडा नं ६ का अध्यक्ष जल्लु महतो थारु, वडा नं ८ का अध्यक्ष पुर्ण प्रसाद आचार्य, वडा नं ९ का अध्यक्ष खड्क बहादुर तामाङ्ग, वडा नं १ की कार्य वाहक अध्यक्ष ग्रेस तामाङ्ग, कार्यपालिका सदस्य आइतीदेवी दराई, मित्रकुमारी तितुङ्ग, कविता राई , नगर सभा सदस्य ममिता कुवर,निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, पुर्वाधार शाखा प्रमुख श्री ई सुरज भट्टराई, प्रशासन शाखा प्रमुख महेन्द्र चापागाई लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
तस्विर : बिशाल न्यूज