सूचना
अपाङ्गता व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्वरमा नगर प्रमुख स्वयम पुर्ण अपाङ्गहरुको घर घरमा गई स्थलगत जानकारी लिँदै।
"हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविश्य" भन्ने मुल अन्तर्राष्ट्रिय नाराका साथ विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्वर को अवसरमा नगर प्रमुख स्वयम पुर्ण अपाङ् (रातो कार्ड) हरुको घर घरमा गई तिनिहरुको अवस्था बारे मंसिर १७ र १८ गते स्थलगत जानकारी लिनुभएको छ । यसै अवसरमा अपाङ्ग संरक्षकहरुलाई धन्यवाद दिई आवश्यक हेरचाहमा नगर सरकार साथमा रहेको र निरन्तर लागिरहने जानकारी गराउँदै अपाङ्ग व्यक्तिहरुको स्याहारमा सक्दो सहयोग सबै पक्षले गर्दा परिवारमा पिडा कमहुने र पिडितहरुले पनि राहतको महसुसहुने बताउनुभयो। हाल राप्ती नगरपालिकामा ९४ जना रातो कार्ड प्राप्त पुर्ण अपाङ्ग छन भने घरधुरी सर्वेक्षण २०७५ का अनुसार ८७८ जना विभिन्न किसिमका अपाङ्गहरु रहेको तथ्याङ्क छ।