सूचना
कुपोषणको जोखिम सम्वन्धि छलफल
राप्ती नगरपालिकाको ४ वटा वडामा १ हजार ३ सय ३३ जना बालबालिकाको परिक्षण गर्दा ३९ जना बालबालिकामा कुपोषण अवस्था शिघ्र कडा रहेको , १ सय ९२ जनामा मध्य र १ सय ९६ को अवस्था कुपोषण तर्फ उन्मुख रहेको सरोकारवाला निकाय हिमालय हेल्थ केयरले जानकारी दिएको छ । तथ्याङ्गमा ९ सय ६ जना बालबालिकाको अवस्था भने सामान्य रहेको छ । पोषण कार्यक्रम अन्र्तगतको समिक्षा बैठक नगर प्रमुख शमशेर लामाको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी, बरिष्ठ लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा, स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपाने, शाखा उपप्रमुख राममणी सिलवाल, पोषण सहजकर्ता सरस्वती प्रजा लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण हिमालयन हेल्थ केयरका प्रशासन प्रमुख कुलमणी बस्नेतले गरेका थिए ।
मिति : २०८१ श्रावण ४
स्थान : नगर सभा हल
विहान : ८ बजे