FAQs Complain Problems

सूचना

उपभोक्ता समितिबाट कार्य गराउँदा भुक्तानीका लागि आवश्यक कागजातहरु:

१.बजेट सुनिश्चितताका कामगजातहरु कागजात
१.१.स्रोत सुनिस्चितताको कागजात(बजेट विनियोजन प्रमाण/रातोकिताब) को प्रतिलिपी
२.उपभोक्ता समिति गठन सम्बन्धि कागजातहरु
२.१.उपभोक्ता समिति गठन सम्वन्धी सार्वजनिक सूचना(वडा कार्यालयबाट)
२.२.उपभोक्ता समिति गठनका लागि वडा आम भेलाको निर्णय
२.३.गठित उ.स. पदाधिकारी प्रमाणित (वडा कार्यालयबाट)
२.४.उपभोक्ता समिति भित्रबाट अनुगमन समिति गठन निर्णय
२.५.सम्बन्धित वडा कार्यालयबाट उ.स. गठनको न पा  मा पठाएको जानकारी चिठी
२.६.उ स सदस्यहरु आफैंले प्रमाणित गरेको नागरिकताको प्रतिलिपी
२.७.निर्माण स्थलमा कुनै सार्वजनिक विवाद नभएको कागज ।
२.८.भवन निर्माण भए सो को लालपुर्जा । भोगाधिकार । 
२.९.निजी जग्गा हुँदै  सार्वजनिक निर्माण भए सो को भोग सम्वन्धी आम सहमती
२.१.१.सार्वजनिक निर्माण बन क्षेत्र/संरक्षित क्षेत्र भए सम्बन्धित निकायको स्वीकृती
२.१.२.योजना स्थलको कार्य प्रारम्भ अगाडिको वास्तविक अवस्था देखिने फोटोहरु
२.१.३.आर्थिक कारोबारका लागि बैंक खाता खोलेको प्रमाण कागजहरु र चेकको प्रतिलिपी
३.काम आँकलन(Work Estimate) सम्वन्धी प्राविधिक कागजातहरु
३.१.स्टिमेट तयार गर्न अधिकार प्राप्त अधिकारीले प्राविधिकलाई दिएको पत्र
३.२.प्रस्तावित निर्माण कार्यको लेआउट/डिजाईन
३.३.दर विश्लेषणको प्राविधिक कागजात
३.४.स्टिमेट (बिस्तृत/लागत स्टिमेट )
३.५.लागत अनुमानामा ह्यभी ईक्युपमेन्ट प्रयोग गर्नुपर्ने भए सो को पुर्वस्वीकृती
३.६.लागत अनुमान स्वीकृतीको फारम
४.कार्य प्रारम्भका लागि हुने निर्णयहरु
४.१.धरौटी जमानत जम्मा
४.२.लागत स्टिमेटमा विमा गर्नुपर्ने भए बिमाको कागजात
४.३.योजना सम्झौता
४.४.योजनाको कार्यादेश
५.उपभोक्ता समितिले कार्य प्रारम्भ देखि कार्य समापन सम्म गर्ने काम कार्वाही/ कारोबारको अभिलेख
५.१.सम्बन्धित उ.स. को कार्य प्रारम्भ गर्न गरेको निर्णयको प्रतिलिपी
५.२.काम सम्पन्नका लागि सदस्यहरुलाई तोकिने जिम्मेवारी सम्वन्धी निर्णय
५.३.सम्झौता बमोजिम हुने गरी प्राविधिकले छुट्याउने श्रम र सामाग्रीको विवरण(Labour and Materials Brekdown) बमोजिम हुनेगरी विल भरपाइहरु  (व्यवसायी, आपूर्तिकर्तासँगको कारोबारको भ्याट विल, ह्याभी इक्यूपमेन्ट लगाउने भए सो को भ्याट विल, ढुवाली सम्बन्धि विल भरपाइ, जनश्रमदान वापतको रकम काम गरेको रकम खुल्ने प्रमाण कागज, होडिङ्ग वोर्ड,  कामको प्रमाण पुग्ने अन्य आवश्यक कागजातहरु
५.४.कार्य शुचारु पछि अन्य आवश्यक निर्णयको प्रतिलिपी (खरिद सम्बन्धी,  र अन्य आवश्यक निर्णयहरु
५.५.कार्य सम्पन्न अवस्था देखिने विभिन्न आयामहरुको रंगिन तस्विर
५.६.कामको सार्वजनिक सुनुवाई / खर्च सार्वजनिकरण /खर्च अनुमोदन
५.७.सम्वन्धित वडा कार्यालयबाट अनुगमन । 
५.८.सिमेन्ट। कन्क्रिटको काम भए ल्याव टेस्टको प्रमाणपत्र । 
५.९.योजना कानून बमोजिम भएको भन्ने व्यहोराको समिति पदाधिकारीको स्व घोषणा
५.१०.तोकीएको कार्य सम्पन्न भयो, नापजाँचका लागि प्राविधिक खटाईदिनु भनी वडा कार्यालय वा न.पा. मा दिएको निवेदन
६.प्राविधिक नापजाँच कागजात
६.१.प्राविधिक नापजाँच बमोजिमको नापी किताव
६.२.कार्य सम्पन्न प्रतिवेदन
६.३.कार्यस्वीकार प्रतिवेदन/ एजविल्ट नक्सा
६.४.उपभोक्ता समिति विल
६.५.सम्वन्धित उपभोक्ता समितिको भुक्तानी दावी निवेदन ।
७.भुक्तानीका लागि वडा/ नगर स्तरीय निर्णय । 
७.१    नगर स्तरीय अनुगमन समितिको प्रतिवेदन
७.२    सम्बन्धित वडाले पठाएको कार्य सम्पन्न र भुक्तानीको सिफारिस 
७.३    प्राविधिक शाखाको खर्च निर्णयका कागजात
७.४    योजना शाखाको खर्च निर्णयका कागजात