सूचना
राप्ती नगरपालिका अन्र्तगत महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले वडा नं ५ को कार्यालयमा अभिमुखिकरण सञ्चालन
सवै जना बराबरी : हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ । राप्ती नगरपालिका अन्र्तगत महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले वडा नं ५ को कार्यालयमा अभिमुखिकरण सञ्चालन भएको छ । राप्ती नगरपालिका वडा नं ५ का अध्यक्ष सिताराम वल, वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी, कार्यपालिका सदस्य गोमा धरेल, वडा नं ५ वडा सदस्य चुडामणी बर्ताेला , शाखा प्रमुख उषा आचार्य, नगरस्तरिय अपाङ्ग समन्वय समितिका पदाधिकारीहरुको उपस्थिती र नगरका सदस्यहरुको उपस्थिती रहेको थियो ।