दिदिलाई सम्मान : २१ औ रास्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयम सेबिका दिवसको अबसरमा राप्ती नगरपालिकाले ३ जना महिला स्वंयम सेविकालाइ सम्मान गरेको छ । नगरपालिकाले जनही १÷१ लाख रुपैया सहित सम्मान गरेको हो । वि.स २०४५ साल देखि सेवा गदै आइरहनु भएकी राप्ती १ की दिल कुमारी श्रेष्ठ, २०५४ देखि सेवा गदै आउनु भएकी राप्ती १३ की कासीमाया प्रजा, २०६२ देखि सेवा गदै आउनु भएकी राप्ती ४ की उर्मिला ओलीलाइ नगरले सम्मान गरेको हो । कार्यक्रममा वडा नं ५ का अध्यक्ष सिताराम वल ,वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी वडा नं ८ का वडा अ्रध्यक्ष पुर्ण प्रसाद आचार्य , प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेल , जन स्वास्थ्य अधिकृत सुरेश न्यौपाने , महिला बालबालिका शाखा प्रमुख उषा आचार्य , स्वास्थ्य शाखा उपप्रमुख राममणी सिलवाल, लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रममा नगरपालिकामा सेवारत ४६ जना स्वंयम सेविकाहरुलाई सम्मान गरिएको छ ।
सूचना
फोटो ग्यालरी
शिक्षा : बार्षिक कार्यक्रम अभिमुखिकरण तथा प्र.अ बैठक सम्पन्न भएको छ ! बैठकमा वडा न ७ कि अध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकिय अधिकृत शिव कुमार पौडेल , शिक्षा अधिकृत रबिना देउजा , बिधालयका प्रधानाध्यापक ज्युहरुको उपस्थिति रहेको थियो !
खेलाडी सम्मान कार्यक्रम
रत्ननगरमा सम्पन्न भएको मेयर कप २०८१ मा राप्ती नगरपालिकाले दोस्रो स्थान हासिल गरेको छ । नगर प्रमुख शमशेर लामा ज्यु, प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेल ज्यु, प्रशासकीय अधिकृत महेन्द्र चापागाई ज्यु, राजेन्द्र प्रसाद मैनाली ज्यु, स्वास्थ्य शाखाका उपप्रमुख राममणी सिलवाल लगायतका व्यक्तित्वहरुले खेलाडी, प्रशिक्षक, टिम म्यानेजर लगायतकालाई सम्मान गर्नुभएको हो ।
तस्विर : नगर प्रमुखको सचिवालय
१६ मंसिर,२०८१
राप्ती ७ मा रहेको जनआर्दश बहुमुखि क्याम्पसको स्वामित्वको बिषयमा सरोकारवालाहरुले नगर प्रमुख शमशेर लामासंग आवश्यक छलफल गरिएको छ । नगर प्रमुखको कार्यकक्षमा भएको छलफलमा वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी सहित , क्याम्पसका प्रतिनिधि, शिक्षा शाखा, आमन्त्रित सदस्यहरुको उपस्थिती रहेको थियो ।
१३ मंसिर, २०८१
क्लीक क्लीक : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । राप्ती नगरपालिकाले हस्ताक्षर गदै अभियान सुरु गरेको हो । हस्ताक्षरमा वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेल लगायत नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।