FAQs Complain Problems

नगरपालिका प्रशासनिक भवन

Read More

राप्ती-१३, कान्दा

Read More

नगरपालिकाको संक्षिप्त परिचय

चितवनको सबै भन्दा पूर्वी क्षेत्रमा पर्ने पूर्ववत् पिप्ले, भण्डाराबीरेन्द्रनगर कोराक र लोथर गाउँ विकास समितिहरु समायोजन भै बनेको यस राप्ती नगरपालिका पहाडी र समथर भूभाग समेतको भौगालिक विविधता भएको नगरपालिका हो । यो नगरपालिका पुर्वमा मकवानपुर जिल्ला संग, पश्चिममा चितवन जिल्लाकै खैरहनी नगरपालिका, उत्तरमा महाभारत सृंखला हुदै धादिंग जिल्ला संग जोडिएको यो नगरपालिकाको दक्षिणी भूभाग भने चितवन राष्ट्रिय निकुन्जसंग जोडिएको छ । जम्मा २१२.३१ वर्ग कि.मि. क्षेत्रफल भएको नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनसंख्या अनुसार  १४,३९० घरधुरीको रहेकोमा १५,४५९ परिवार संख्या रहेको छ । यसैगरी नगरपालिकाको जनसंख्या महिला- ३३८१७ र पुरुष- ३२६०९ गरी जम्मा ६६४२६ रहेको छ। 

 

योजनाको खर्च फर्छ्यौट गर्दा आवश्यक प्रक्रियाहरु के के छन?

  • आम्दानी खर्च तालिका सहित निर्माण समितिले अनुमोदन गरि सार्वजनिक गरेको निर्णय ।
  • आम्दानी खर्चलाई समर्थन गरि भुक्तानीको लागि राप्ती नगरपालिकालाई अनुरोध गरेको निर्णय ।
  • योजनामा भएको मुख्य खर्चको विल वडा अध्यक्ष ज्यूले दस्तखत सहितको भरपाइ डोरहाजिर फारम आदी ।
  • योजनाको निर्माण कार्य भैरहेको र सम्पन्न पश्चातको फोटो ।
  • रकम भुक्तानीको लागि वडाको सिफारिस पत्र ।
  • ५ लाख वा सो भन्दा बढी रकमको योजनामा सार्वजनिक सुनुवाइको उपस्थिति फोटो तथा विवरण।

२०७५ सालको सम्पत्तिकर कसरी बुझाउने?

  1. सर्वप्रथम पुर्जा धनिको परिचय पत्र (नागरिकता), लालपुर्जा को फोटोकपी, घर नक्सा पास गरिएको भए सो को फोटोकपी र अघिल्लोपटक कर बुझाएक रसिद लिएर आफ्नो वडा कार्यालय जाने।
  2. वडा कार्यालयबाट सम्पत्ती कर बुझाउन फारम माग गर्ने(निशुल्क) ।
  3. फारममा भर्नुपर्ने बिबरण भरी वडा अध्यक्षको सहि छाप लगाइ राप्ती नगरपालिका कार्यापालिकाको कार्यालय राजश्व शाखामा गइ फारम बुझाउने ।
  4. फारम विवरण कम्प्युटर इन्ट्रि पश्चात  सम्पत्ति मुल्याङ्कन बाट आउने रकम भुक्तानी गरी कम्प्युटर बिल लिने।

Pages

जन प्रतिनिधि

शमशेर लामा
नगर प्रमुख
lamashamsher21@gmail.com
९८५५०६२२३२
देवेन्द्र लामा
उप– प्रमुख
devenlama610k@gmail.com
9855050610

पदाधिकारी

अमर बहादुर वली
प्रमुख प्रशासकीय अधिकृत
caoraptimun@gmail.com
9855043111

सुचना अधिकारी

सेवाहरू

सेवा प्रकारः-
सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- लेखा शाखा
सेवा दिने कार्यालयः- राप्ती नगरपालिका नगरकार्यपालीकाको कार्यालय भण्डारा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • काम सम्पन्न भएको भन्ने उपभोक्ता समितिको निर्णय ।
  • अनुगमन समितिको काम सन्तोषजनक भएको भन्ने निर्णय । 
  • सार्वजनिक सुनुवाई भएको निर्णय प्रतिलिपी ।
  • , भरपाई, डोर हाजिर फारम ।
  • काम हुनु भन्दा पहिले, भइरहेको र सम्पन्न पछिको फोटोहरु ।
  • काम सम्पन्न भएकोले भुक्तानी दिनुहुन भन्ने वडाको सिफारिस।
  • कार्य सम्पन्न प्रतिवेदन/योजना स्वीकार प्रतिवेदन ।
सेवा प्रकारः-
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- लेखा शाखा
सेवा दिने कार्यालयः- राप्ती नगरपालिका नगरकार्यपालीकाको कार्यालय भण्डारा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • ५ लाख वा सो भन्दा बढी रकम विनियोजन भएको योजनको५० प्रतिशत वा सो भन्दा बढी रकमको काम भएको भनी रनिङ विल माग गर्ने व्यहोराको उपभोक्ता समितिको निर्णय
  • कामको विल, भरपाई, डोर हाजिरी फाराम, सम्बन्धित अध्यक्षले प्रमाणित गरि योजनाको छापलगाइ पेश गर्ने
  • काम गर्दाको फोटो कम्तिमा २ प्रति ।
  • अनुगमन समितिको निर्णय प्रतिलिपी ।
  • सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।

नोट :- रु २००००। सम्मको भुक्तानीमा पान विल र सो भन्दा बढीको भुक्तानीमा अनिवार्य भ्याट विल पेश गर्नुपर्नेछ ।

  • ५०००। हजार भन्दा माथिको भुक्तानीमा सम्बन्धित योजनाको नाममा स्पष्ट देखिने छाप काटी अध्यक्ष सचिव कोषाध्यक्षको संयुक्त दस्तखतबाट संचालन हुने गरि बैकमा खाता खोल्ने योजना अनुगमन मूल्याङ्कन हुने ।
सेवा प्रकारः-
सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- राप्ती नगरपालिका नगरकार्यपालीकाको कार्यालय भण्डारा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • सम्झौता गरिपाउँ भन्ने निवेदन ।
  • लक्षित समुहको उपस्थितिमा मुख्य पदाधिकारीमा कम्तिमा एक जना र समग्रमा ३३ प्रतिशत महिला हुने गरि उपभोक्ता समिति गठन गर्दाको निर्णयको प्रतिलिपी ।
  • उपभोक्ता समितिले योजना सम्झौता गर्न अध्यक्ष, कोषाध्यक्ष र सचिवलाई अधिकार दिने गरी गरेको निर्णय ।
  • संरचना निर्माण र सामग्री खरिदमा १५ प्रतिशत र अन्य कार्यमा २० प्रतिशत जनसहभागिता जुटाउने गरी प्रतिबद्धता गरिएको निर्णय ।
  • विनियोजित बजेटबाट प्राथामिकता राखी के-के कार्य गर्ने सोको निर्णय प्रतिलिपी
  • उपभोक्ता समितिमा रहेका सबैको नागरिकता प्रतिलिपी संलग्न गर्ने ।
  • योजना सम्झौता गरि दिन भनि सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र  ।

नोट: उल्लेखित कागजात प्राप्त भए पछि निरीक्षण र लागत इस्टिमेट गरेर सम्झौता फाराम तयार गरी अध्यक्ष र सचिव वा कोषाध्यक्षसंग सम्झौता गरिने छ।

सेवा प्रकारः-
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- योजना शाखा राप्ती नगरपालिका नगरकार्यपालीकाको कार्यालय भण्डारा
सेवा शुल्कः- नगरसभाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-
  • घरनक्सा र आवश्यक विवरण भरिएको निवेदन सहितको किताब
  • मालपोत तिरेको रसिद
  • लालपूर्जाको फोटोकपी
  • नागरिकता प्रमाणपत्रको फोटोकपी ।
  • पासपोर्ट साइजको २ प्रति फोटो ।
  • ट्रेस नक्सा र ब्लुप्रिन्ट नक्सा
  • सूचिकृत व्यक्ति/ कन्सल्टेन्सीबाट प्रमाणित A3 साइजको पेपरमा ३ सेट स्केल खुलेको प्रिन्ट नक्सा

 

Pages